३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, ५ असोज । आइतवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतवार ३ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन ६९ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ७० हजार रुपैयाँ कायम भएको छ ।

आइतवार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here