झापामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा ठोक्किएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बिएन्डसी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्। मृतकको सनाखत हुन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here