झापामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । झापामा तीन जना चढेको मोटरसाइकल जिपसँग ठोक्किँदा तीनै जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा दमकबाट सुरुङ्गा जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप आपसमा ठोक्किएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि बिएन्डसी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्। मृतकको सनाखत हुन बाँकी छ।