झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर१९६९.१७विन्दुमा पुगेको हो ।

यसदिन ३१३ कम्पनीको २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ६३ करोड ३० लाख रुपैयाँ बढीको २२ लाख ६० हजार ८८० कित्ता शेयर किनबेच भएको छ ।

झिनो अंकले बढेको बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । माइ खोला हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ७.८४ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here