बैकिङ कसुरमा बीओकेका पूर्व सीईओ श्रेष्ठ सहित ११ जना पक्राउ

काठमाडौं, ५ असोज । नक्कली कागजात बनाएर ऋण प्रावह गरेको आरोपमा बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुम बैंकका केही पुर्व र बहालवाला कर्मचारी पनि छन् । नक्कली कागजात बनाएर करिब साढे ४ करोड रुपैयाँ बराबर रकम हिनामिना गरेको आरोपमा केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

हालको बीओको लुम्बीनी र बैंक अफ काठमाण्डूको मर्जर पछि बनेको हो । यो मुद्दा लुम्बीनी बैंक मर्जर हुनुभन्दा अघिको हो ।

त्यतिबेला बैंक नेतृत्वमा श्रेष्ठ थिए । उनले हेटौडाका व्यक्तिलाई झापाको जग्गा धितो राखेर ऋण दिएका थिए । पछि ऋण भुक्तानीमा समस्या आएपछि धितो खोज्दा नक्कली (खोलाको) भेटिएको थियो । सोही प्रकरणमा प्रहरीले सीईओ श्रेष्ठलाई पनि पक्राउ गरेको जनाएको छ ।

बीओके पुरानो बैंक भए पनि पहिले देखि नै सुशासनमा समस्या देखिएको छ ।

बैंकका संस्थापक लगानीकर्ताले आफ्नै बैंकबाट ऋण लिनुका साथै सानातिना रकम हिनामिनाका घटना निरन्तरजसो आइरहने बैंकका उच्च अधिकारीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here