वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत, रिसाए समर्थक

काठमाडौं । नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न आज काठमाडौं उत्रिएको वेस्टइन्डिजको ‘ए’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत नभएको र ‘अपमान’ पूर्ण तरिकाले स्वागत गरिएको भन्दै नेपाली क्रिकेट समर्थक आक्रोशित भएका छन्।

सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा लोड गरिए’ को देखिएसँगै यो स्वागतले देशको बेइजत भएको उनीहरुको आरोप छ।

साथै क्यनले खेलाडीहरूलाई होटलसम्म पुर्योउने बस पनि निकै थोत्रो र गुणस्तरहीन खालको रहेको थियो भने बस स्टार्ट भएपछि ट्याक्टरजस्तो ठूलो आवाज निकालेको भिडिओ समेत अहिले भाइरल भएको छ। टीमलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दास दुई कर्मचारीसहित विमानस्थलमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here