खबरदार !’मौन अवधिलाई मनी अवधिका रूपमा प्रयोग नगरियोस्’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी समेत दिए ।

‘मौन अवधि भनेको मनी (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनी अवधिको रूपमा प्रयोग नगरियाेस् ।’

रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरू बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारे । ‘बरु चुनाव हारौँला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौँ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन,’ उनले भने । रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here