ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’ मा अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

सामाजिक सञ्जालले पार्ने सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा फिल्म बन्न लागेको हो । सौगातसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।

धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here