झिनो अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिननेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा पुगेको हो ।

यसदिन ३०३ कम्पनीको २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ बराबरको ७३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ ।

आज पोखरा फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड २६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here