साताको पहिलो दिन १६ अंकले घट्यो नेप्से, साढे २२ करोडको कारोबार

काठमाडौं, ५ असोज । साताको पहिलो अर्थात आइतवार नेप्से परिसूचक १६.०५ अंकले घटेर १ हजार १ सय ३९.२५ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.४९ अंकले घटेर २ सय ४९.७१ अंकमा झरेको छ ।

आइतवार १ सय ६६ कम्पनीको ८ लाख ४८ हजाजर ६ सय ६२ कित्ता शेयर किनबेच हुँदा २२ करोड ६९ लाख ५० हजार हजार रुपैयाँ बराबरको बारोबार भयो ।

आइतवार अन्य समुह बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक ३.१५ प्रतिशतले घट्यो ।

त्यस्तै, जलविद्युतको ३.०८ प्रतिशत, र्निजीवन बिमा कम्पनीको २.८३ प्रतिशत, उत्पादन समुहको २.७० प्रतिशत, लघुवित्त समुहको २.०४ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै बेस्ट फाइनान्स कम्पनीका शेयर धनीले कमाए । बेस्टको शेयर मूल्य ४.५५ प्रतिशतले बढ्यो ।

त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको ३.१० प्रतिशत, सिटी एक्सप्रेस फाइनान्सको ३.०३ प्रतिशतले बढ्यो भने अन्य समुहको सूचक सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्सका शेयर धनी रहेका छन् । रिलायन्स फाइनान्सको शेयर मूल्य ८.३३ प्रतिशतले घट्यो ।

त्यस्तै, जाशी हाइड्रोपावर डेभलभमेन्ट कम्पनीको ८.०६ प्रतिशत, समता लघुवित्त वित्तीय संस्थाको ७.२३ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिभम सिमेन्ट कम्पनी रहेको छ । सिभम सिमेन्टले १ करोड ८० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here