दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको ७८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको बाहेक सबैको परिसूचक बढेको छ ।

आज पोखरा फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । पोखरा फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ७.६२ प्रतिशत, श्री इन्भेष्टमेन्ट ६.८० प्रतिशत, बेस्ट फाइनान्स ६.७८ प्रतिशत र किसान लघुवित्तको ५.९३ प्रतिशतले बढेको छ ।

रिभर फल्स पावरका शेयरधनीले भने सर्वाधिक ४.६३ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here