रिडी–तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

काठमाडौं । गुल्मीको रिडी-तम्घास सडकखण्ड सोमबारदेखि एक महिना बन्द हुने भएको छ ।

सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सूचना जारी गरी कार्यालयले रिडी-तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। यो सडक स्तरोन्नतिका लागि समानान्तर इलाइट जेभीले जिम्मा पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here