बैंकले वित्तीय साक्षरतामा १० प्रतिशत खर्च गर्नै पर्ने

काठमाडौं १० फागुन । अब बैंक तथा वित्तीय संस्थाले पनि वित्तीय हरेक प्रदेशमा साक्षरता प्रवद्र्धनमा कम्तीमा १० प्रतिशत खर्च गर्नु पर्ने भएको छ । सबै प्रदेशमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले कुल नाफाका कम्तिमा १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अन्तरगत सीएसआरमा खर्चिनु पर्ने कुल रकमको कम्तिमा १० प्रतिशत प्रत्येक प्रदेशमा लगानी गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसैबीच, राष्ट्र बैंकले पुनर्कर्जा कोषको आकार बढाएर ५० अर्ब पु-याएको छ । यसअघि यो कोषको आकार ३० अर्ब रुपैयाँ थियो । कोषको आकार बढेपछि सस्तो थप पुनर्कर्जा सुविधा पाइन्छ ।

पुनरकर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here