दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको हो ।

यसदिन ३२० कम्पनीको ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको बाहेक सबैको परिसूचक बढेको छ ।

आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड २४ लाख रुपैयाँ बढीको ४ लाख ५९ हजार २१९ कित्ता शेयर किनबेच भएको छ ।

आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । बढ्दो बजारमा २ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

पोखरा फाइनान्सका शेयरधनीले भने सर्वाधिक ७.६४ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here