ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा नगरपालिका वडानम्बर ४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो ।

डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here