कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बारा, देवताल गाउँपालिका बस्ने १७ वर्षीया एक किशोरी र सोही गाउँपालिका-५ बस्ने ३० वर्षकी किरण साह रहेकी छन्।

रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्र ‘ख’मा संचालित कक्षा १२ को परीक्षामा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनी लेखा विषयको परीक्षा दिएको भन्ने आशंकाको आधारमा खटिएका कर्मचारीहरू र प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here