दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४. ३७ विन्दुमा झरेको हो ।

यसदिन ३१६ कम्पनीको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ६४ लाख रुपैयाँ बढीको २ लाख २२ हजार ५७८ कित्ता शेयर किनबेच भएको छ ।

आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । घट्दो बजारमा आज दोल्ती पावरको शेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ ।

पिपुल्स पावरका शेयरधनीले सर्वाधिक ९.९२ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here