रुबिना र पूजा उत्कृष्ट, सीता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टोलीकी अनुभवी अलराउण्डर सीता रानामगर मलेसिया सुपर वुमेन लिग टी-२० क्रिकेट प्रतियोगिता २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

त्यसै रुविना क्षेत्री उत्कृष्ट ब्याटर र पुजा महतो उत्कृष्ट बलर चुनिएका छन् । अप्रिल २४ देखि भएको प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका हुन् । प्रतियोगितामा सीता रानामगर सम्मेलित वेष्टर्न वन्डरले उपाधि जितेको छ ।

सीताले प्रतियोगिताभर १ सय ५० रन र ८ विकेट लिइन् । पूजाले प्रतियोगिताभर ९ विकेट लिएकी थिइन् । कविता कुँवर ६ खेलमा ७ विकेट लिएकी थिइन् । रुविना र इन्दुले ५–५ विकेट लिएका थिए । ५ टोलीको सहभागीता प्रतियोगितामा ६ नेपाली खेलाडीले सहभागीता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here