शेयर बजार स्थिर, साढे १७ करोडको कारोबार

काठमाडौं, ६ असोज । आइतवार १६.०५ अंकले घटेको नप्से परिसूचक सोमवार १.७३ अंकले बढेर १ हजार १ सय ४०.९८ अंकमा पुगेको छ ।

विज्ञहरुले यसलाई स्थिर भनेका छन् । सोमवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सामान्य अंले सुधार आएको छ । सामवार सेन्सेभि इन्डेक्स ०.१० अंकले बढेर २ सय ४९.८१ अंकमा पुगेको छ ।

नेप्से केही मात्रामा बढेपनि कारोबार भने आइतवारको तुलनामा कमी आएको छ । आइतवार २२ करोड ६९ लाख रुपैयाँको कारोबार भएकोमा सोमवार १ सय ७० कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता शेयर किनबेच हँदा १७ करोड ७२ लाख ७९ हजजार रुपैयाँको कारोबार भयो ।

सोमवार जलविद्युत, सामुहीक लगानी कोष र फाइनान्स बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । टे«डिङको सूचक २.८४ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सोमवार सबैभन्दा धेरै साल्ट टे«डिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ४.९४ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाइड्रोपावरका शेयर धनी रहेका छन् । यूनियनको शेयर मूल्य ३.७७ प्रतिशतले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोवार प्रभु बैंकले गर्यो । बैंकले १ करोड २५ लाख २३ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here