दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८९ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा झरेको हो ।

यसदिन ३१० कम्पनीको २ अर्ब ८९ करोड १३ लाख ९९ हजार ९७९ रुपैयाँ बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

आज सिटिजन लाइफकोे सर्वाधिक कारोबार भएको छ । आजै २८.४ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । घट्दो बजारमा आज बोटलर्स नेपाल तराईको शेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here