गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको सम्बन्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका हुन् । रिटमा अधिकारीले लिएको मत अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि परमादेश जारीको माग गरेका छन् ।

आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । सोहि मतलाई ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here