झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १४ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेको हो ।

यसदिन ३१४ कम्पनीको २ अर्ब १४ करोड ५ लाख २ हजार६२१ रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको घटेको छ ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ३२ लाख रुपैयाँ बढीको १ लाख २९ हजार ९७१ कित्ता शेयर किनबेच भएको छ ।

आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । आज हिमालयन लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको ६.२३ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here