कोशी मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, ५२ जना सांसदहरूको समर्थन

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार सरकार गठनको दाबी पेस गरेका छन्।

एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको हस्ताक्षरसहित हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका मुख्य घटकले सरकार गठनका लागि दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here