झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १२ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा पुगेको हो ।

यसदिन ३१३ कम्पनीको ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ९७ लाख रुपैयाँ बढीको ३ लाख ९ हजार ६६३ कित्ता शेयर किनबेच भएको छ ।

आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । आज ओरेन्टल होटलका शेयरधनीले सर्वाधिक ८.४६ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here