कोरियाले सेवा र वन क्षेत्रमा पनि नेपाली कामदार लिने

काठमाडौं । लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको दक्षिण कोरियाले नयाँ दुई क्षेत्रमा पनि नेपाली कामदार लिने भएको छ ।

केही समयअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको कोरिया अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो। सेवा क्षेत्रमारेस्टुराँ पनि पर्छ ।

नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जनाकारी दिएको हो । हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ । अहिले उत्पादन, कृषि, सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाली गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here