चुनौंतीपूर्ण बन्दै वन्यजन्तु संरक्षण, १० महिनामा मरे २१ वटा गैंडा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैंडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारीका अनुसार मृत भेटिएका गैंडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्। गैंडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन्।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैंडा मरेको थियो । हाल निकुञ्जमा छ सय ९४ गैंडा छन्।

दुर्लभ एकसिङ्गे गैंडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here