मानव मस्तिष्कमा प्रत्यारोपण गरिएको चिपमा समस्या !

काठमाडौं । मानब मस्तीष्कमा प्रत्यारोपण गरिएको चिप्समा समस्या आएको छ । एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिङ्कले पहिलोपटक मानवमा सो चिप राखेर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा अप्रत्यारोपण गरिएको उपकरण बिरामीको दिमागबाट अलग्गिन थालेको र यसले सङ्कलन गर्न सक्ने डेटा समेत घट्दै गएको हो ।

कम्पनीले गत जनवरीमा २९ वर्षीय बिरामी नोल्यान्ड अर्बाघको दिमागमा बीसीआई ब्रेन(कम्प्युटर इन्टरफेस प्रत्यारोपण गरेको थियो । कम्पनीले विशेषगरी प्यारालाइसिस भएका बिरामीको लागि डिजाइन गरेको हो ।

न्युरालिङ्कले बीसीआई प्रविधिले कसरी काम गर्छ भन्ने कुरा देखाउन अर्बाघको नौ मिनेट लामो भिडिओ प्रत्यक्ष प्रसारण गरेको थियो । जसमा उनी चिप्सको सहयोगमा भिडिओ गेम खेलिरहेका देखिन्थे । सामान्य ढङ्गले सोचेकै भरमा आफूले चाहेको ठाउँमा क्रसर लैजान सकेको कुराको समेत बयान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here