अज्ञात समूहद्वारा गुडिरहेको स्कुल बसमा आगजनी

काठमाडौं । चितवनमा एक स्कुल बसमा आगजनी गरिएको छ। चितवनको भरतपुर महानगरपालिका-२०, दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरिएको हो । बिहान करिब ८ बजे विद्यार्थी लिन गएको सो बसमा तीनवटा मोटरसाइकलमा आएका ६ जनाले आगजनी गरेका हुन्।

बसमा रहेका विद्यार्थी र बस स्टाफलाई उतार्दै मोबाइल नियन्त्रणमा लिएर बसमा आगो लगाई सो समूह भागेको बसका चालकले प्रहरीसमक्ष बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here