झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १५ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको हो ।

यसदिन ३११ कम्पनीको ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । आज सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ५० लाख रुपैयाँ बढीको ३ लाख २८ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ ।

आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । आज श्रृजनशील लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here