नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवा बीच सम्झौता, बैंकका ग्राहकलाई इसेवाका सबै सेवा उपलब्ध

काठमाडौं, ६ असोज । इसेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंक बीच अनलाइन भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् ।इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।

पछिल्लो समयमा इसेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ ।

अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्ने बैंकले जनाएको छ ।

इसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् भने २५ लाख भन्दा बढी ग्राहक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here