धितोपत्र ब्रोकरको शुल्क घटाइदै, सुझाब दिन अध्ययन समिति गठन

काठमाडौं ६, असोज । सेयर कारोबारमा लाग्दै आएको धितोपत्र ब्रोकरको शुल्क घट्ने भएको छ । शुल्क घटाउने विषयमा अध्ययन गरी सुझाब दिन नेपाल धितोपत्र बोर्डले एक अध्ययन समिति गठन गरेको छ ।

समितिको सुझाबका आधारमा बोर्डले शुल्क घटाउने तयारी गरेको हो । उपकार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरेको बोर्डले जनाएको छ ।

हाल धितोपत्र ब्रोकरले कुल कारोबारको ०.४ देखि ०.६ प्रतिशतसम्म कारोबार शुल्क दिन उठाउदै आएका छन् । उच्च स्तरिय वित्तीय समन्वय समितिको निर्देशनमा बोर्डले शुल्क घटाउन गृर्हकार्य थालेको बताइएको छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाउनुपर्ने सुझाब दिएको थियो । ती सुझाब कार्यान्वयनका लागि बोर्डले अध्ययन समिति गठन गरेको हो ।

सिडिएससीको प्रणालीमा एक महिनाभित्र पूर्णरुपमा आबद्ध गरी संचालनमा ल्याउने र यो व्यवस्था लागू भएपश्चात् धितोपत्र व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गर्ने भन्ने उल्लेख छ ।

हाल अनलाइन कारोवार प्रणाली सुरु भैसकेको, धितोपत्र कारोबारको दायरा फराकिलो बन्दै गएकाले लगानीकर्ताबाट धितोपत्र ब्रोकरको सेवा शुल्क घटाउनुपर्ने गुनासो आइरहेको बोर्डले जनाएको छ ।

समेत प्राप्त भएको पृष्ठभूमिमा बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (ब्रोकर शुल्क) का सम्वन्धमा अन्र्तराष्ट्रिय अभ्यास समेत अध्ययन गरी सुझाव पेश गर्न ।’

बोर्डले ट्रस्टी ऐन सम्बन्धी कार्य अघि बढाउन र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरी सुझाब पेश गर्न पनि एक समिति गठन गरेको जनाएको छ ।
यस सन्र्दभमा ट्रस्टी ऐनको मस्यौदा सम्बन्धी कार्य अगाडि बढाउन बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here