झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको हो ।

यसदिन ३१५ कम्पनीको ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये २ वटा बाहेका सबैको घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड ९० लाख रुपैयाँ बढीको ५ लाख ६८ हजार १२ कित्ता शेयर किनबेच भएको छ ।

आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको घटेको छ । बढ्दो बजारमा आज ४ लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

हिमालयन, जाल्पा सामुदायिक, श्रृजनशील र स्वाभिमान लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here