मेसी बने फिफा वर्ष खेलाडी

अर्जेन्टाइन कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी बनेका छन् । उनले क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड्सका भर्जिल भान डाइकलाई पछि पारेका हुन् ।

विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति उत्कृष्ट वर्ष खेलाडी घोषित गरेको हो । इटालीमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट खेलाडीहरुको नाम घोषणा गरिएको थियो ।

सन् २०१८ ०१९ सिजनमा गरेको प्रदर्शनका आधारमा उत्कष्ट खेलाडी घोषित भएका हुन् । मेसीले यस सिजनमा ५८ खेलबाट ५४ गोल गरेका हुन् ।

यस वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले हात पारिन् । फिफा वर्ष पुरुष प्रशिक्षकमा भने लिभरपुलका जोर्गेन क्लोपले जिते ।

महिलाको प्रशिक्षक भने जिल एलिसले हात पारिन् । बालोन डि ओरसँगको साझेदारी तोडिएपछि फिफाले स्वतन्त्र रुपमा अवार्ड दिन थालेको हो ।

यसरी दिन थालिएको यो चौथो पटक हो । फ्रान्स फुटबल म्यागाजिनले १९५६ देखि वितरण गर्न सुरु गरेको बालोन डि’ओरमा फिफाले २०१० देखि २०१५ सम्म साझेदारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here