‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईलाई

काठमाडौं । लैंगिक अल्पसंख्यकको सौन्दर्य प्रतियोगिता ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा बिहीबार सम्पन्न फाइनलमा उनी विजेता घोषित भएकी हुन् । उनले एक लाख नगद पुरस्कार समेत हात परेकी छन् ।

१८ प्रतिस्पर्धीबाट राई प्रथम घोषित भएकी हुन् । विजेता बनेकी उनी थाइल्यान्डमा आयोजना हुने मिस इन्टरनेसनल क्विनमा नेपालको प्रतिनिधि बनेर सहभागी हुन पाउने छिन् । त्यस्तै, फस्ट रनर अपको उपाधि जितेकी सरोसी न्यौपानेले ७५ हजार रुपैयाँ पाएकी छन् । सेकेन्ड अनरअपको उपाधि जितेकी आरोही बस्नेतले ५० हजार रुपैयाँ पाएकी छन् ।

ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राईले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् ।

टप टेनमा सामाग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए। टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउन्डेसन नेपाल (एएचएफ) का कन्ट्री पोग्राम म्यानेजर दिब्यराज जोशीलगायतले विजेतालाई बधाई दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here