नशा रहित समाज नेपाललाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं, ७ असोज । सिटिजन्स बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस्ता कुलतबाट छुट्कारा गराउने कार्यमा अहोरात्र काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू १ लाख १ हजारको आर्थिक सहयोग गरेको छ ।

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू १ लाख १ हजारको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ ।

लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभाव बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here