उच्च अंकले बढ्यो नेप्से, कारोबार तीन महिना यताकै धेरै

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.६९ विन्दुमा पुगेको हो ।

यसदिन ५ अर्ब २५ करोड रुपैयाँ बढीको १ करोड २२ लाख ४० हजार ८०२ शेयर किनबेच भएको छ । यो ३ महिना यताकै धेरै हो । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८० लाख रुपैयाँ बढीको १ लाख ७८ हजार २२४ कित्ता शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुत्तिको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

माण्डू हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here