कांग्रेसको नाराबाजीले प्रतिनिधिसभा बैठक स्थगित, विश्वासको मत लिने कार्यक्रम अनिश्चित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको प्रारम्भ भएको घोषणा गरेलगत्तै कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्‍यो ।

सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद् बैठक अवरुद्ध पारेसँगै अनिश्चित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here