साढे ६ अंकले घट्यो नेप्से, २२ करोडको कारोबार

काठमाडौं, ७ असोज । साताको तेस्रो दिन अर्थात मंगलवार पनि शेयर बजार ओरालो लागेको छ ।

मंगलवार नेप्से परिसूचक ६.४२ अंकले घटेर १ हजार १ सय ३४.५६ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशत कम हो ।

मंगलवार ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटीभ इन्डेक्स पनि १.४० अंकले घटेर २ सय ४८.४१ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये ट्रेडिङ, सामुहीक लगानी कोष र होटल बाहेक अन्य सबै समुहको सूचक घट्यो । मंगलवार सबैभन्दा धेरै जीवन बिमा कम्पनीको सूचक घट्यो । जीवन बिमाको सूचक १.२८ प्रतिशतले घट्यो ।

त्यस्तै, जलविद्युत समुहको १.०५ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार कारोबारमा भने सुधार आएको छ । सोमवार १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएकोमा मंगलवार १ सय ७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता शेयर किनबेच हुँदा २१ करोड ८२ हजार ७८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै खाँनीखोला जलविद्युतका शेयर धनीले कमाए । खाँनीखोलाको शेयर मूल्य ८.१३ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रैरङ्ग जलविद्युतका शेयर धनी रहेका छन् । रैरङ्गको शेयर मूल्य ७.२७ प्रतिशतले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक लिमीटेड रहेको छ । बैंकले ३ करोड १६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here