‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको सूचीमा गिरिबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट, पाँचथरको रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट, पाँचथरकै केशरी चिया बगान, इलामको ओमटी गार्डेन प्रालिसहितका छन् ।ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने उनको भनाइ छ ।

त्यस्तै, उनले सर्वोच्च अदालतको एउटा आदेशले निवेदन दिने कम्पनीको खेलमा धक्का लागेको पनि बताएका छन् । बालेनले उक्त जग्गा बेच्न बैना लिनेहरुविरुद्ध उजुरी दिन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसैपनि सर्वोच्चले बाँझो भए वा अरु नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरिहालौं । अनि घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरु विरुद्ध ठगीको उजुरी शुरु गरौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here