शेयर बजारको उकालो यात्रा जारी, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक २७.५४अंकले बढेर २०९२ विन्दुमा पुगेको हो ।

यसदिन ३१५ कम्पनीको ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ४वटा बाहेका सबैको बढेको छ ।

आज पोखरा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ९२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा आज ४ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सबैको लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा आज उपकार लघुवित्तका शेयरधनीले सर्वाधिक ७.४० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here