रवि लामिछानेलाई कारबाहीको माग गर्दै गुरुङले दिए निवेदन

काठमाडौं । कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निवेदन दिएका छन्। सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै सांसद गुरुङले सोमबार गृहमन्त्री लामिछानेविरुद्ध निवेदन दिएका हुन्।

उपसभापति गुरुङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गर्न’ मागसहित उनले निवेदन दिएका छन्। गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरुङको भनाइ छ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ। ‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन्।

सांसद गुरूङले सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि निवेदनसँगै राखेर सभामुखलाई दिएको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here