‘पुजार सार्की’मा पलको वृद्ध ‘लुक्स’

काठमाडौं । कलाकार पल शाहले चलचित्र ‘पुजार सार्की’मा आफूले निर्वाह गरेको भूमिकाको तस्बिर सार्वजनिक गरेका छन् ।

जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन् । यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दार्हीसहितको गेटअपमा देखिएका छन् । ‘आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु ।

यो तस्बिरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनुहुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । चलचित्र जेठ १० गते रिलिज हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here