काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको १ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।
मंगलबार स्थानीय बजारमा सुन प्रतितोला १ लाख ४० हजार ६ सयमा कारोबार भएको थियो ।
यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
आजचाँदीको भाउ भने बढेको छ ।मंगलबार १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।