दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.५४अंकले बढेर २१३१.४९ विन्दुमा पुगेको हो ।

यसदिन ३१८ कम्पनीको ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९हजार ५२१ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । बढ्दो बजारमा २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेरुडे मिर्मिरे लघुवित्तको शेयर सर्वाधिक कारोबार भएको छ ।

यसको २४ करोड ४२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आज २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सबैको लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । बढ्दो बजारमा मानुषि लघुवित्तका शेयरधनीले सर्वाधिक ८.०५ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here