टी–२० विश्वकप: पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने

काठमाडौं । आईसीसी टी–२० विश्वकप प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । प्रतियोगितामा दुई देशका ९ रंगशालामा कूल ५५ खेल हुनेछन् ।
जुन १ बाट शुरू हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल ऐतिहासिक रंगशाला बार्बाडोसको केन्सिङ्टन ओभलमा हुनेछ । प्रतियोगितामा पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने छ । यसको मतलब बलिङ टोलीले एक ओभर सकिएको ६० सेकेण्डभित्र दोस्रो ओभर शुरू गरिसक्नुपर्ने छ ।

असाधारण अवस्थामाबाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सको लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६ ओभरमा पावर प्ले हुनेछ । प्रत्येक टोलीले दुई समीक्षा अर्थात रिभ्युको मदका पाउनेछन्।

खेल बराबरी भएमा सुपर ओभरबाट नतिजा तय हुनेछ । सुपर ओभर पनि टाई भएमा नतिजा तय गर्न सुपर ओभर फेरि खेलिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here