जाभी बर्खास्त, फ्लिक बार्सिलोनाका नयाँ प्रशिक्षक बन्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ। क्लबका अध्यक्ष जुआन लापोर्ताले जाभीलाई बर्खास्त गरेका हुन्।

बायर्न म्युनिखका पूर्वप्रशिक्षक हन्सी फ्लिकले जाभीको ठाउँ लिनेछन्। अब बार्सिलोनाको प्रशिक्षक हन्सी फ्लिक बन्ने भएका छन्। बार्सिलोनाका महान् खेलाडीमा दरिएका जाभीले नोभेम्बर २०२१ मा क्लब सम्हालेका थिए।

४४ वर्षीय जाभीको नेतृत्वमा मैदानमा उत्रिएको बार्सिलोनाले १४१ खेलमध्ये ८९ मा जित हात पारेको थियो भने २९ वटामा हार बेहोरेको थियो। २३ खेल बराबरी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here