भौतिक मन्त्री महासेठलाई बालेनको धुलो उपहार (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार दिएका छन् । भौतिक मन्त्रीको आदेशले काम रोकिएको भन्दै धुलो उपहार पठाएका हुन् । ‘ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला’ उनले फेसबुकमा ट्रकबाट धुलो खन्याएको भिडियो सहित स्ट्याटस राखेका छन् ।

यस्तो छ बालेनले सामाजिक सञ्जामा पोष्ट गरेको स्ट्याटस

‘ माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here