गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २८ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय अखबार दैनिक भास्करका अनुसार, घटनामा २५ भन्दा बढी मानिसको सकुशल उद्धार गरिएको छ ।

आगलागी भएका बेला गेम जोनमा कति जना थिए भन्ने खुलिनसकेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । मृतकको पहिचान नै हुन नसक्ने गरी शव जलेको छ । पहिचानका लागि डीएनए परीक्षण गरिने छ । शनिबार साँझ लागेको आगो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here