साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने

काठमाडौं, १० फागुन । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने भएको छ ।

गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु नगरपालिकामा रजिष्टर्ड कार्यालय भै १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक सम्बृद्धि लाई प्राप्ति गर्ने भएको हो ।

प्राप्तिको समझदारी पत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका छन् । प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी, गोरखामा रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी रु. ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार सदस्यमार्फत् रु. १३ करोड निक्षेप संकलन गरी रु. ७० करोड लगानी गरी रु. ५७ लाख नाफा आर्जन गरेको छ । त्यसैगरी चुक्ता पूँजी रु. ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तले १४ शाखामार्फत् आफ्ना ५ हजार सदस्यबाट रु. ४ करोड निक्षेप संकलन गरी रु. १५ करोड लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सोका लागि मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यो प्राप्ति सम्बन्धी सम्झौता नेपालमै पहिलो रहेको साधनाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here