कृषि बैंकको रकम चोर्ने तीन जना पक्राउ, भुक्तानी आदेश दिएको ४ करोडमध्ये आधा झिकियो

काठमाडौं, ८ असोज । कृषि विकास बैंकको लाहान शाखाबाट करीब २ करोड रुपैयाँ चोरीमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउसो सो शाखाबाट सात जनाको खातामा २ करोड रुपैयाँ ट्रान्सफर भएको थियो । घटनामा संलग्नहरुले सो रकम बैंकबाट झिकिसकेका छन् । उनीहरुले ९/९ लाख रुपैयाँको दरले सो रकम झिकेका थिए ।

बैंकका अनुसार ४ करोड रुपैयाँ भुक्तानी आदेश दिएकोमा २ करोड मात्र झिकिएको छ । सो घटनामा लाहान शाखाकै कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको छ ।

यद्यपि सो घटनामा सर्वसाधारणको खाताबाट नभइ बैंककै खाताबाट रकम झिकिएको छ । बैंककै नाफा रकममध्येको ४ करोड रुपैयाँ कर्मचारी र उनीहरुका परिवारको खातामा पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here