कांग्रेसलाई एमालेको चेतावनी-‘ओलीमाथि लगाएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रन्छौं’

काठमाडौं । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही बनेको आरोप लगाएको छ ।

बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले सहकारी प्रकरणमा पार्टी अध्यक्षविरूद्ध राजनीतिक आक्षेप लगाएको बताए ।

पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर आरोप लगाएको बताए । “यसप्रकारको आधारहीन आरोपबाट पछि हट्न अनुरोध गर्न चहान्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here